६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरलगायत उपत्यकाका अधिकांंश सडक भताभुंग


२९ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडाैं । सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे ।

एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन् ।

ढलको मंगाल पनि खुलै छाडिएको छ । चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौँ, उपत्यका सडक विस्तार आयोजना, केयुकेलगायत निकायले ढल र खानेपानी पाइप राख्ने नाममा बारम्बार खन्दै र पुर्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ०९ बजे