१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै सहकर्मीले गोली हान्दा ९ प्रहरीको मृत्यु


२९ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौं । अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी वन टिभीले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ । घटनाको स्थानीय अन्य सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन् ।

अफगानिस्तानमा गत अगस्टमा पनि यस्तै एक घटनामा सात प्रहरीको मृत्यु भएको थियो । गत महिना शाहवालीकोटमा नै भएकोे घटनामा एक प्रहरीले आफ्नै सहकर्मीलाई गरेको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

अफगानिस्तानमा भएको द्वन्द्वका कारण विक्षिप्त अवस्थामा लड्नुपर्दा कतिपय सुरक्षाकर्मीले आफ्नै सहकर्मीमाथि आक्रमण गरेका घटना असामान्य भएपनि पटकपटक यस किसिमका घटनाहरू दोहोरिने गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : १६ बजे