काठमाडौं । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष ओमप्रकाश घर्तीको सवारीसाधनका लागि घोडा किनेका छन् । अध्यक्ष घर्ती प्रायःसबै कार्यक्रममा घोडा नै चढेर जान्छन् ।
१४ वडामा रहेको गाउँपालिका नौवटा वडा सडक सञ्जालमा जोडिएका छैनन् । बाँकी पाँचवटा वडालाई कच्ची सडकले छोएको मात्रै छ । त्यसैले घोडा नै सवारीसाधनका रूपमा प्रयोग गर्नुपरेको अध्यक्ष घर्तीले बताए ।
गाउँपालिकाले २०७४/०७५ मा डेढ लाखमा घोडा किनेको हो । घोडाका लागि आवश्यक खान्की र स्याहार अध्यक्षले नै ब्यहोर्दै आएका छन् ।
३६ लाखमा किनेको स्कार्पियो प्रयोगविहीन बनेको छ । सबै वडामा सडकको अवस्था नाजुक भएका कारण घोडाको प्रयोग गाउँपालिका अध्यक्षले गर्दै आएका छन् ।
प्रतिक्रिया