२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


व्यापारको क्रममा हुने ‘याैन सम्बन्ध’लाई कानुनी मान्यता


२९ भाद्र २०७६, आइतबार  

0
Shares

व्यापारको शिलशिलामा काममा जाँदा हुने विभिन्न बिजनेस ट्रिपमध्ये पछिल्लो समय याैन सम्बन्ध’समेत एक महत्वपूर्ण ट्रिप बन्दै आइरहेको एक अध्यइनले देखाएको छ । यसलाई कामकै क्रममा जोडिएर आउने एक हिस्सा नै मानने गरिएको पाइन्छ ।

नेपालमा पनि विभिन्न समयमा यस्ताखाले घटना सार्वजनिक हुँदै आइरहेका छन् । नेपालमा यस्ता घटनालाई केही अस्वभाविक मानिएपनि संसारका विभिन्न मुलुकमा यस्ता घटनालाई निकै सामान्य र व्यापारिक क्षेत्रमा बहुउपयोगी मनिने गरिएको छ ।

फ्रान्सको एउटा अदालतले पनि बिजनेस ट्रिपका क्रममा कामदारहरु ‘याैन सम्बन्ध’मा रमाउने घटनालाई कामकै एउटा हिस्साका रुपमा व्याख्या गरेको छ । तर अदालतको यस्तो व्याख्याले त्यहाँका ठूला कम्पनी आत्तिएका छन् ।

अदालतले यस्तो व्याख्या किन गर्यो त ?

२०१३ को घटना हो । फ्रान्सको रेल इन्जिनियरिङ कम्पनीमा कार्यरत जेबियर नामका कर्मचारी बिजनेस ट्रिपमा गए । ट्रिपमा रहँदा उनको मृत्यु भयो । मृत्युको कारणलाई लिएर कम्पनी र मृतकका परिवारबीच निकै विवाद आयो ।

जेबियर बिजनेस ट्रिपमा रहँदा एकदिन एक महिलासँग याैन सम्बन्धमा सामेल भए । सेक्समा सामेल हुँदै गर्दा जेबियरको अचानक हर्डअट्याक भएर मृत्यु भयो। मृत्युको कारण थाहा पाएपछि कम्पनीले क्षतिपूर्ति दिन इन्कार गर्यो । तर परिवारजन र इन्स्योरेन्स कम्पनीले यसलाई मान्न तयार भएनन्, उनीहरुले क्षतिपूर्ति पाउनुपर्ने अडान लिए ।

यो विवाद अदालतमा पुग्यो । एक वकिलले यो मामिलालाई बाहिर ल्याए ।

जेबियर बिजनेस ट्रिपमा हुँदा कम्पनीले तोकेको होटलमा नबसी ती महिलासँगै अन्य ठाउँमा रमाउँदा मृत्यु भएकोले कम्पनीको जिम्मेवारी नहुने बतायो । तर केही समय अघिमात्रै अदालतले ट्रिपमा रहँदा कामदारको सबै जिम्मेवारी कम्पनीकै हुने फैसला सुनाइदियो ।

अदालतले बिजनेस ट्रिपमा गएका कामदारको कुनै सीमा नहुने भएकोले उनले त्यस अवधिमा कुनै महिलासँग राखेको याैन सम्बन्धलाई पनि कामसरहकै मान्यता दिने फैसला सुनायो । अदालतले यसरी बिजनेस ट्रिपमा रहेका कामदारको कुनै पनि बेला कुनै भवितव्य भएमा सबै जिम्मेवारी कम्पनीले लिनुपर्ने ठहर गर्दै उचित क्षतिपूर्तिका लागि आदेश समेत दियो।

आदेश पछि त्याे कम्पनीले बिजनेस ट्रिपमा गएर अर्की महिलासँग सेक्ससम्बन्ध गाँस्ने जेबियरकी पत्नीलाई मासिक ४० प्रतिशत पेन्सन दिने भएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : २० बजे