१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा, प्रश्नको जवाफ दिन नसकेपछि ‘हात हालाहाल !’


२९ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आज गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शाहीले पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिन नसकेपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।

शाहीले केही पत्रकारहरुलाई दुर्व्यवहार गरेका छन् भने अमर्यादित भाषा समेत प्रयोग गरेका छन् ।

युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

स्थिति सामान्य भएपछि उनलाई छाडिएकाे छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : ५६ बजे