६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काम नगर्ने मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउछौं ः मणी थापा


२९ भाद्र २०७६, आइतबार  

0
Shares

 

२९ भदौ०७६, काठमाडौं । सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली राम्रो नभएको टिकाटिप्पणी भएको भन्दै फ्रेश युवाहरुलाई मन्त्री बनाउने तयारी भएको नेकपाका स्थायी समिती सदस्य मणी थालाले बताएका छन् । आइतबार रिपोर्टस क्लवमा आयोजना गरिएको साक्षत्कार कार्यक्रममा बोल्दै थापाले भने,‘जनतासामू सर्भिस डेलिभरी प्रभावकारी रुपमा हुनु पर्ने र त्यसको लागि मन्त्रिमण्डल पूनर्गठन गरेर पनि अघि बढ्नुपर्छ भन्ने विषयमा पनि छलफल भैरहेको र केही मन्त्रीहरुको विरोध भएकोले परिवर्तन गर्नु पर्ने बताए । उनले पार्टीभित्र अब यो विषयमा पनि छलफल हुने बताएका छन् ।’
यद्यपी उनले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने जिकिर गरे । तर जति काम हुनुपर्ने थियो त्यति चाहीँ नभएको उनको पनि गुनासो थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको जानकारी समेत दिए । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजन हुने उनले बताए । उनले भने,‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ । यसो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्ड गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको सुनाए । उनले भने,‘पार्टी एकताको समझदारीमा नै पार्टीको नेतृत्व एक अध्यक्षले र सरकारको नेतृत्व अर्को अध्यक्षले गर्ने भएकोले त्यहीअनुसार अघि बढ्छौं । हामी पार्टीभित्र शक्ति सन्तुलन गरेर अघि बढ्छौं ।’
थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए । उनले भने,‘जनताले आफूले भनेजस्तो अनुभुति गर्न नसकेको कुरा केही सत्य हो । तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ । गणतन्त्रको विकल्प छैन् । यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ ।’
उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको सुनाए । जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ । त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भैरहेको सुनाए । उनले भने,‘अहिलेपनि अराजकताका स्वर सुनिएका छन् । यी सबैलाई संविधानको भावानाअनुसार समझदारीमा ल्याउन आवश्यक छ ।’
विप्लव समूहसँग अघोषित रुपमा सरकारले वार्ता गरिरहेको थापाले जनाए । उनले भने,‘विप्लवसँग वार्ता गर्नुपर्छ भन्ने नै हाम्रो नीति हो । अघोषित रुपमा वार्ता भैरहेको छ ।’
उनले मुलुकमा भ्रष्टाचार मौलाएको भनेरपनि आवाज सुनिएको सुनाए । उनले भने,‘केही हदसम्म यो प्रवृत्ति देखिएको छ । हाम्रो पार्टी यो विषयमा गम्भिर छ । हामी भ्रष्टाचारमा शून्य सहनसिलता अपनाएर अघि बढिरहेका छौं ।’ उनले सरकार अब सही ट्रयाकमा अघि बढ्ने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ५१ बजे