३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कागबेनीमा श्राद्ध गर्न नदिए देशभरि आन्दोलन


३० भाद्र २०७६, सोमबार  

0
Shares


३० भदौ ०७६, काठमाडौं । विश्व हिन्दू युवा संघ लगायतले मुस्ताङको कागबेनीमा सोह« श्राद्ध आरम्भसँगै त्यहाँ श्राद्ध तथा पितृ तर्पण कार्य गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काल श्राद्र्ध सुचारु नगरे देशभरि सनातन धर्म संस्कृति संरक्षणको लागि आफूहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका हुन् ।
कार्यक्रममा बोल्दै बैंकेटेश्वर पीठाधिश स्वामी पद्यमधराचार्यले श्राद्ध, तर्पण गर्ने सनातन परम्परा रहेको बताउँदै कागबेनीमा श्राद्ध कार्य रोकिनु दुःखद् भएको टिप्पणी गरे । उनले मृत आत्माको मुक्ति तथा मोक्ष तिर्थस्थलमा श्राद्ध तथा तर्पण गरेपछि मात्रै प्राप्त हुने भएकोले सो पूण्य कार्य गर्न कोही कसैबाट रोकावट हुन नहुने धारणा राखे । उनले भने,‘यस्तो पूण्य काममा अवरोध गर्नु भनेको पाप गर्नु हो । त्यसैले अविलम्ब यो गलत कार्य रोक्नुपर्छ ।’
विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले कागवेनीमा एक दर्जनभन्दा बढि ब्रम्हाणहरूले दैनिक कार्य गर्दै आएकाहरूलाई त्यहाँ अवरोध गरिएकोमा आपत्ति व्यक्त गरेका छन् ।
उनले भने,‘कागबेनीमा प्राचिनकालदेखि हुँदै आएको श्राद्ध गर्ने परम्परालाई अवरोध सिर्जना गरिएको घट्नालाई सामान्य रूपमा लिन सकिँदैन् । धार्मिक भुमिमा श्राद्ध गर्न मासिक एक लाख रुपैँया ब्रम्हणहरूले दिनुपर्ने नत्र श्राद्ध कर्म गर्न नपाईनेजस्ता बिषय उठाएर अवरोध हुनुलाई सनातन परम्परामाथिको अतिक्रमण हो।’
सनातनदेखि वैदिक, बौद्ध, जैन, शिखलगायतका समस्त ॐकार परिवारहरूबीच रहँदै आएको धार्मिक सहिष्णुतालाई खलल पु¥याउनेगरि भईरहेका र हुन लागिरहेका गलत कार्यलाई तत्काल नियन्त्रण गर्न नेपाल सरकारसमक्ष समेत उनीहरुको माग छ ।
विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष दिनेशकुमार सिजापति र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति महासचिव रोशनजंग बस्नेतको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘यदि समयमै यस्ता कार्य नरोक्ने हो भने यसले धार्मिक असहिष्णुताको बाटो लिन सक्छ त्यसैले समयमा नै सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’
कार्यक्रममा सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबाले कागबेनीमा श्राद्ध रोकिएको घट्नाको विरोध जनाए । उनले श्राद्ध, तर्पण रोक्नेहरुलाई तत्काल कारबाही गर्नुपर्छ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ०८ बजे