१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाँच नेपालीलाई ग्लोवल टिचर अवार्ड


१ आश्विन २०७६, बुधबार  

0
Shares

पुरस्कार लिदै हरिप्रसाद सञ्जेल ।

लपु संवाददाता
१ असोज ०७६, ललितपुर । शिक्षकहरुको लागि प्रदान गरिने ग्लोबल टिचर अवार्ड २०१९ हालै सम्पन्न भएको छ । भारतको हरियाणा गुरुग्राममा सम्पन्न कार्यक्रममा संसारका ७२ देशबाट शिक्षकहरुको उपस्थिति थिए । नेपालबाट मात्र ५ जनाले यो पुरस्कार जित्न सफल भएका छन् ।
पुरस्कृत हुनेमा हरिप्रसाद संजेल,हेमन्त कार्की,आयुषा कपाली,अञ्जना काफ्ले र प्रज्ञा अधिकारी छन् ।
विश्वको विभिन्न देशमा सक्रियतासाथ शिक्षक पेशामा योगदान पुर्याउने शिक्षकलाई यस पुरस्कारद्वारा पुरस्कृत गरिन्छ । अवार्डका प्रमुख कार्यकारी अधिकृत दिनेश कमराका अनुसार उत्कृष्ट योगदान देखाउने र औपचारिक कक्षा कोठाबाहिर शिक्षा दिएर समुदायलाई समेत सेवा पुर्याउने शिक्षकलाई यो अवार्ड प्रदान गरिएको हो ।
एकेएस शिक्षा पुरस्कारले विश्वका सबै क्षेत्र र समुदायका उत्कृष्ट शिक्षकहरूलाई मान्यता दिन र समुदाय निर्माणमा उनीहरूको योगदानलाई उजागर गर्ने र प्रेरणादायक शिक्षणका माध्यमबाट अझ राम्रो समाज निर्माण गर्न मद्दत पुर्याउनेलाइ आगामी दिनमा पनि यस्ता पुरस्कारहरु प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ३५ बजे