२८ भाद्र २०८१, शुक्रबार | Sat Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विज्ञान पुरस्कारबाट पत्रकारहरु पुरस्कृत


१ आश्विन २०७६, बुधबार  

0
Shares

प्रधानमन्त्री केपी ओलिको हातबाट पुरस्कार लिदै गोपाल भण्डारी र सन्तोषी अधिकारी ।

१ असोज, २०७६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’को अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाउने २ पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान सँगै रु. १५ हजार राशिको पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे ।
पुरस्कृत हुने गोपाल भण्डारीले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा रिभो साइन्स मासिक पत्रिकामा सहसम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा प्रधानसम्पादकको रुपमा रहेर काम गरिरहेका छन् भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा बैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न बिज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरु र अनलाइनहरुमा लेखहरु प्रकाशित छन् ।
पत्रकार सन्तोषी अधिकारीका १४ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । देशान्तर साप्ताहिकको , नुवाकोट एफएम, नेपालवाणी रडियो नेटवर्क, इमेज एफ एम, इमेज न्युज एफमा समाचारवाचिका एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन र एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका को काम गरिसहेकी छिन् । उनका विज्ञानसँग विभिन्न अनुसन्धानमुलक लेख र रचनाहरु, टेलिभिजन रिपोर्ट र कार्यक्रम पनि प्रशारण भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : २६ बजे