६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भूमिहीन ललितपुरबासीले सरकारी जग्गामा घर बनाउन पाउने


२ आश्विन २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२ असोज ०७६, ललितपुर । भूमिहीन ललितपुरका १३५ स्थानीयबासीले पहिले बसेकै सरकारी जग्गामा घर बनाउन पाउने भएका छन् । पुर्ननिर्माणको काम कारवाहीको समन्वयन गर्न गठित पुर्ननिर्माण जिल्ला समन्वय समितीको निर्णय अनुसार गोदावरीमा ११९ वटा, चापागाँउ १० टाहाखेलमा ८ वटा, महालक्ष्मी नगरपालिकामा ६ वटा र कोञ्ज्योसोम गाँउपालिकामा ५ वटा घर बनाउन पाउने गरि निर्णय गरेको हो ।
यस निर्णयबाट भुकम्पबाट लाभग्राहीको सूचिमा नरहेका ललितपुरका १३५ घर धुरीले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माण गर्न सरकारी अनुदान ३ लाख पाउने छन् । भने अप्रत्यक्ष रुपमा सरकारी जग्गा व्यक्तिगत रुपमा उपभोग गर्न अनुमती पाएका छन् ।
यो निर्णय गत असार ३१ र भदौं १८ गते २ पल्ट बसेको समितीको बैठकले गरेको पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई ललितपुरका अनुगमन तथा मुल्याङ्गकन विज्ञ यमनाथ गिरीले बताए ।
पुर्खाादेखि नै घर बनाएर बसेका परिवारका सदस्यको नाममा देशभर कही बतै जग्गा जमिन नभएको अवस्थामा स्थानीय तह(गाँउपालिका वा नगरपालिका)ले मुजुल्का उठाएर सिफारिस दिएपछि यसरी भूमिहीनले घर बनाएर बस्ने व्यवस्था हुन सकेको हो ।
पुर्ननिर्माण जिल्ला समन्वय समितीको सभापतिमा हाल संघीय सासंद धना खतिवडा छिन् । यस समितीमा जिल्लाका सबै संघीय सासंदहरु रहने व्यवस्था छ । पुर्ननिर्माणका क्रममा आएका विभिन्न किसिमका समस्या समाधानका लागि गठन गरिएको जिल्ला समन्वय समिती प्रमुख र प्रमुख जिल्ला अधिकारी पनि रहने व्यवस्था छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  ६ : ३८ बजे