१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कमल थापाको प्रस्ताव ः राजादेखि विप्लवसम्म अटाउने प्रजातन्त्र


२ आश्विन २०७६, बिहिबार  

0
Shares

 

असोज ०७६, काठमाडौं ।असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गर्न प्रस्ताव राखेका छन् । उनले धर्मका बीचमा समानता (सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै) सनातन हिन्दूराष्ट्र कायम गर्ने अर्को प्रस्ताव राखेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने,‘नेपालको संविधान–२०७२ जारी भएको चार वर्ष पुरा भएर पाँचौं वर्ष प्रवेश गर्न लागेको यस अवसरमा म राजनीतकि दल, नागरिक समाज, र आम जनतासमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट एउटा गम्भिर प्रस्ताव राख्न चाहन्छु, धर्मका बीचमा समानता, सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गरौं । र, राष्ट्रिय सहमति कायम गरि अघि बढौं भन्ने प्रस्ताव म राजनीतिक दल, नागरिक समाज र आम नागरिक जनतासमक्ष राख्न चाहन्छु ।’
संविधान जारी भएर नयाँ संविधानबमोजिम करिब दुई तिहाई बुहमतको सरकार गठन भैसकेका दुई वर्ष पुग्न लाग्दा पनि आम जनताले सकारात्मक परिवर्तनको अनुभति गर्न नपाएको अध्यक्ष थापाको भनाई छ । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भ्रष्टाचार, बेरोजगारीको समस्या, गरिबी, धर्म परिवर्तन, सबर्वसत्तावादका प्रारम्भिक संकेत, राष्ट्रिय अखण्डतामाथिको चूनौति र माओवादीको पूनरत्थानजस्ता समस्याहरु हाल मुलुकसामु देखा परेको पनि टिप्पणी गरे ।
उनले भने,‘विकसित घटनक्रमबाट स्पष्ट हुन्छ कि हामीले विगत १२, १३ वर्षदेखि अवलम्बन गर्दै आएको मार्गचित्रमा, संवैधानिक अभ्यासमा कहीँ–कतै त्रुटिहरु छन् । त्यसर्थ, कसैलाई पनि निषेध नगरी सबै अटाउनसक्ने नेपाली संस्करणकै मौलिक प्रजातन्त्रको विकास गरौं । पश्चिमा मुलुक वा छिमेकी मुलुकको अन्दानुकरण गरेर जानुको सट्टा नेपालको प्राचिन गौरव, वैदिक कालदेखिका मूल्य र मान्यताहरुबाट समेत अभिप्रेरणा लिएर राजनीतिक–सामाजिक व्यवस्था स्थापना गर्नु उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ ।’

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  ६ : ४५ बजे