६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


चापागाँउ सडकको भ्रम र यतार्थ


३ आश्विन २०७६, शुक्रबार  

0
Shares

 

चेतनाथ सञ्जेल

लामो समयको पर्खाईपछि अन्ततः सातदोवाटो चापागाँउ सडकखण्ड थयास्थितीमा कालोपत्रे हुने भएको छ । अहिलेका लागि १६ मिटरसम्म सडक कालोपत्रे गर्ने निर्णय भएको भए पनि उपलव्ध सडकमार्गलाई मात्रै कालोपत्रे गर्ने अवस्था छ । सरकारले सडक मापदण्डमा परेका घर धनीलाई मुआव्जा नदिदासम्म यहाँका स्थानीयबासीको घर भत्काउन सम्भव भएन र सडक विस्तारको काम हुन सकेन ।


यथास्थितीमा कालोपत्रे भए पनि सरकारले सडकविस्तार गर्ने योजनाबाट पछि हटेको भने होइन । २२ मिटरको सरकारको मापदण्डलाई घटाएर १६ मिटर मात्रै सडक विस्तार गर्ने सरकारले निर्णय गरेको छैन ।
अहिलेलाई १६ मिटर मात्रै सडक कालोपत्रे गर्न सकियो भने तत्कालको लागि समस्या समाधान हुन सक्ने अवस्था देखेर यो कुरा बहसमा आएको हो । तर हामीलाई २२ मिटरको सडक नभई हुँदैन । केही समयपछि २२ मिटर नै सडक विस्तार हुन्छ ।
तत्काल सडक कालोपत्रे गर्न हामीले धेरै पल्ट छलफल गरेका छौं । धेरै पल्ट कार्यालय धाएर मात्र यो सम्भव भएको हो । काठमाडौं उपत्यका सडकविस्तार कार्यालयले टिप्पणी उठाएर सडक विभाग पठाएको थियो । सडक विभागका सचिवमार्फत कार्यकारी निर्देशकले मन्त्रीलाई पेश गरेपछि पेश गरेपछि यो सडक कालोपत्रे गर्ने मन्त्रीस्तिरिय निर्णय गरिएको हो ।
सडक विस्तारको काम पहिलेकै ठेकेदारमार्फत गर्ने योजना छ । यो वर्ष लामो समय बर्षा भएकोले काम गर्न कठीनाई भयो । नत्र अहिलेसम्म काम शुरु भइसक्थ्यो । दशै अगाडिसम्म ग्राइभेलको काम सकेर दशैपछि कालोपत्रे गर्ने योजना छ । कालोपत्रे स्याण्डर्ड किसिमको हुन्छ ।
काठमाडौं उपत्यका खानीपानी लिमिटेडको टाहाखेल पानी ट्याङ्कीले सडकमा पानी फ्याक्दा समस्या भइरहेको थियो । अव पानी टिकाभैरवमा फ्याक्ने व्यवस्था गरिने भएको छ । पानीका कारण अब सडकमा समस्या हुँदैन ।
हामी निर्वाचित भएपनि निरन्तर सडक कार्यालयसँय समन्वय गरेर बेला बेलामा सडकको खाडल पुर्ने, ग्राइभेल गरिएको छ । वेला वेलामा सडक पेल्ने पनि गरिएको छ । तर कालोपत्रे नहुँदा सडक नटिक्ने रहेछ ।


सडक मापदण्डमा परेका घरहरुलाई मुआव्दा दिएर भर नभत्काई टेण्डर लगाउदा पहिलो गल्ती भयो । केही समयअघि सडक कालोपत्रे गर्न सडक भत्काएर काम शुरु भयो । यो सडक कालोपत्रे गर्न डिभिजनमा १ करोड २६ लाख बजेट थियो । त्यो पैसाबाट ६९ लाख र ४६ लाख टेण्डर भयो । तर सडक विस्तार कार्यालयले नै सडक विस्तार गर्ने भएकाले त्यो काम हुन सकेन ।
सडक वरपरका सयौं घर भत्काएर सडक विस्तार गरेर सडक निमार्ण गरी कालोपत्रे गर्न लामो समय लाग्न सक्छ । त्यो बेलासम्म यहाँका सडक जीर्ण राखेर स्थानीयबासीलाई दुः ख दिइरहनु हुँदैन । यथास्थितीमा सडक कालोपत्रे गरेपछि अगाडि बढाउन सकिन्छ । तत्कालको समस्या समाधान गर्दै व्यावहारिक समस्या सुल्झाउदै सडक विस्तारको काम गर्नु पर्ने हुन्छ । सडक विस्तार गर्नका लागि स्थानीयबासीलाई सहमत नगराई काम गर्न पनि सकिदैन ।
सडक विस्तारको बहसको क्रममा वैकल्पिक सडक निर्माणा गर्ने विषय पनि बेला बेलामा उठेका छन् । धेरै अगाडि सोचेको भए सम्भव हुन्थ्यो । तर अहिले म विकल्प देख्दिन ।
वैकल्पिक सडकम नख्खु करिडोर अघि बढ्दै छ । त्यस बेला समय पनि कम थियो । पैसा पनि थियो । सधै यो सडकलाई जीर्ण राखेर पनि हुँदैन । अहिले ९२ करोड रुपैयाको डेण्डर भइसकेको छ । विस्तारसँगै गुणस्तरिय सडक निर्माण हुदैछ । सवै राजनीतिक दलहरुको सहमतीमा यो सडक निमार्ण गरिएको थियो ।
अहिले पनि १६ मिटर सडक विस्तार गर्न सबै ठाँउमा सक्ने अवस्था छैन । तर धेरै पुराना बासिन्दाहरु भुकम्पपछि अर्को घर बनाएर बसेको अवस्था छ । कतिपय ठाँउमा सम्पदाहरु र बस्ती रहेको छ । सडक विस्तारको क्रममा जहाँ समस्या छ त्यही बसेर छलफल गर्दै समाधान खोजेर जानुको विकल्प छैन । हामी जनताकै पक्षमा काम गर्न चाहन्छौं ।

सञ्जेल प्रदेश ३ का लागि ललितपुरबाट प्रतिनिधित्व गर्ने सासंद हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : १५ बजे