६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा मदन पुरस्कार र जगदम्बाश्री वितरण


३ आश्विन २०७६, शुक्रबार  

0
Shares

३ असोज ०७६, ललितपुर । ललितपुरमा शुक्रबार एक समारोहका बीच २०७५ सालको जगदम्बा–श्री पुरस्कार र मदन पुरस्कारद्वारा स्रष्टालाई सम्मान गरिएको छ ।

२०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट बैरागी काइँला र मदन पुरस्कारबाट योगेश राजलाई सम्मान गरिएको हो । त्यसै गरीमदन पुरस्कार विजेता योगेश राजलाई उनको ‘रणहार’ कृतिका लागि उक्त पुरस्कारले पुरस्कृत गरिएको थिथो भने बैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखन गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेकाले २०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट सम्मानित गरिएको हो ।

मदन पुरस्कार गुठीले गरेको कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टालाई पुरस्कार अर्पण गरेका थिए ।

कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले स्वागत मन्तव्य दिदै ६० वर्ष लामो मदन पुरस्कार तथा ३० वर्ष लामो जगदम्बा–श्री पुरस्कारलाई सल्लाह सुझाव दिने तथा हौसला बढाउने सबैलाई धन्यवाद दिएका थिए  । साथै विजेता स्रष्टालाई बधाई पनि थिए ।

कार्यक्रममा डा रिता थापालेशून्य तहदेखि सहस्राब्दीतिरको यात्राु बारे प्रवचन दिएकी थिइन् । यसैगरी बैरागी काइँलाले मुन्धुमबारे बृहत विवेचना गर्दै यसबारे प्रकाश पारेका थिए । अर्का स्रष्टा योगेश राजुले रित्ता ठाउँको इतिहासु बारे विचार राखेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : ०९ बजे