१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दशैंमा घर जान टिकट खुल्ला


५ आश्विन २०७६, आइतबार  

0
Shares

दशैंको सन्दर्भमा घर जान टिकट काट्न पुगेका यात्रुहरु । तस्विर ः फाइल

लपु संवाददाता
५ असोज ०७६, काठमाडौं । दशैंमा राजधानीबाट घर जानेहरुका लागि आज आइतबारबाट बसको टिकट बुकिङ खुलेको छ ।
राजधानीको गोंगवुस्थित नयाँ बसपार्कका टिकट काउण्टरमा विहानैदेखि टिकट बुकिङ्ग गर्ने यात्रुको भीड लागेको छ ।
विभिन्न यातायात कम्पनीहरुले लामो दुरीका बसको टिकट बुकिङ खुला गरे पछि छोटो दुरीका बसको टिकट खोलिएको छैन ।
आइतबार विहानैबाट लगनखेल, सुन्धारा, तिलगंगा, बल्खु, कलंकी, कोटेश्वर, चाबहिल, स्वयम्भूलगायतका टिकट काउण्टरबाट अग्रीम टिकट काट्न सकिन्छ ।
यातयात व्यवस्था विभागले कँही कसैले बलोबजारी गरी टिकट विक्रि गरेको देखेमा उजुरी गर्न सकिने बताएको छ । ट्राफिमक प्रहरीले यात्रु सहयताका लागि शहरका विभिन्न चोकहरुमा खोल्ने काउण्टर भने घटस्थापनाबाट मात्रै खोल्दै छ ।
राजधानीबाट हरेक बर्ष दशैंको छेको पारेर ३० लाखभन्दा धेरै यात्रु विभिन्न जिल्ला जाने गरेको अनुमान छ । दशैंको समयमा हवाई यातयातमा पनि चाप हुने गरे पनि स्थलमार्गबाट जाने बसहरु भरिभराउ हुने गर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : १८ बजे