६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौँमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु


७ आश्विन २०७६, मंगलबार  

0
Shares

७ असोज ०७६,ललितपुर । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।

गोकर्ण स्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटना स्थलमा मृत्यु भएको जानकारी दिनुभयो । उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ३० बजे