१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन होइन’


८ आश्विन २०७६, बुधबार  

0
Shares

लक्ष्मणलाल कर्ण,एन पि साउद र देवेन्द्र पौडेल ।

८ असोज ०७६, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन नभएको बताएका छन् ।
उनले बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन भयो भनेर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरे । उनले भने,‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होईन, हुने छैन् र हुने कल्पना पनि गर्न सकिँदैन् । पञ्चशिल, असंलग्नता र राष्ट्रसंघको वडापत्रप्रति हामी प्रतिबद्ध छौं ।’
पौडेलले नेकपाको केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनमा काठमाडौँमा हिजो सम्पन्न भएको सी चिनफिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्नका लागि कार्यक्रम गरिएको पुष्टि गरे ।
पौडेलले विचारधारात्मक छलफलको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको बताए । उनले भने,‘साथीहरुले यो विषयमा यति धेरै हल्ला गरेर यस्तो मानसिकता बनाउनुहोला भन्ने लागेको थिएन । हामी तीन दिन छलफलमा सहभागी भयौं । विकास, संस्कृति र प्रविधिबारे धेरै कुरा सिक्ने अवसर मिल्यो । यो एकदमै राम्रो भयो ।’
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एन.पी. साउदले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको भन्दै नेकपाले माफी माग्न माग गरे ।
उनले भने,‘नेकपा अहिले जुन किसिमले यो बाटोमा अगाढि बढ्दैछ, यसले देशभित्र ध्रुवीकरण गर्दैछ । यो गम्भिर आलोचनाको भएको र सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’
तर, नेकपाका शीर्ष नेताहरुलेनै यो विषयमा गल्ती स्विकार गरेर क्षमा माग्ने भन्दापनि अर्गाल्याँई गर्ने गरेको उनको अर्को अराोप छ । उनले भने,‘नेकपाका नेताहरुले आफूले लिएको बाटोलाई बचाउ गर्ने खालको अभिव्यक्ति देखियो, यो
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले नेपालले भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘भारतमा जति नेपालीहरु छन् । अधिकांश काम गरेर बसेका छन् । हामीबीच खुल्ला सिमाना छ । रोटी–बेटीको सम्बन्ध भन्छौं, सदियौंदेखि विशेष सम्बन्ध छ । यसलाई कायम राख्नुपर्छ ।’
उनले अहिलेपनि आफूहरुको संविधानप्रति असन्तुष्टि रहेको सुनाए । तर, संविधानको प्रस्तावनामा आफूहरुको पूर्ण समर्थन रहेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘अधिकारसम्बनधी असन्तुष्टि छ । मधेशी, दलित, जनजाति, थारु, आदिवासीको अधिकार यो संविधानमा संकुचित छ । तर, संविधानको प्रस्तावनाप्रति हाम्रो असन्तुष्टि होईन । हाम्रो देशमा बहुदलीय शासन पद्धती । हामी एक पार्टीको शासनमा विश्वास गर्दैनौं ।’

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ५२ बजे