१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अवैध हातहतियारसहित चार जनालाई प्रहरीले गर्यो पक्राउ ।


८ आश्विन २०७६, बुधबार  

0
Shares

८ असोज ०७६,ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ ‘एभरेष्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चार जनालाई आज बिहान पक्राउ गरेको हो । पक्राउपर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले होटलको ४०४ नम्बर कोठाबाट हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसै गरीपक्राउ परेका ब्यक्तीहरुसंग एक पेस्तोल, एक म्यागजिन र छ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ३१ बजे