८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

१० असोज ०७६, काठमाण्डौं । नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने सरकारको तयारी अन्तिम चरण पुगेको छ । खानेपानी मन्त्रालयले नेपाललाई खुला दिसामुक्त बनाउने तयारी अन्तिम चरण पुगेको जनाएको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आगामी सोमबार नेपाललाई खुला दिसामुक्त घोषणा गरिने जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले आज जारी गरेको विज्ञप्तिमा ७७ वटै जिल्ला खुला दिसामुक्त भइसकेको सन्दर्भमा देशलाई नै खुला दिसामुक्त घोषणाका लागि विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । सन् २०११ मा थालिएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त अभियान थालिएको थियो । त्यसै गरी २०६८ असार १० गते कास्की जिल्ला पहिलो खुला दिसामुक्त जिल्ला घोषित भएको थियो । मन्त्रालयका अनुसार हाल देशभरका ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनिसकेका छन् । सोही अवसरमा सरकारले राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर देशलाई खुला दिसामुक्त घोषणा गर्न तयारीमा लागेको हो ।।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : ३८ बजे