१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हिमाल आरोहण गर्न गएकी एक पर्यटकको मृत्यु


१२ आश्विन २०७६, आइतबार  

0
Shares

१२ असोज ०७६ काठमाण्डौं । चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिबार मृत्यु भएको छ । हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी हुन् । बोकेर तेस्रो शिविर ल्याइपु¥याउँदा उनको मृत्यु भएको शर्माले बताउनुभयो । मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उहाँले बताउनुभयो । घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ५७ बजे