१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मापसे गरी यात्रु बोक्ने तीन चालकलाई पक्राउ


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

१६असाेज ०७६,ललितपुर। दशैकाे समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको नयाँ बसपार्क महानगरीय ट्राफिक प्रहरी वृत्तले जनाएको छ ।

ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउने कार्य भने रोकिएको छैन । पक्राउ पर्नेमा ना५ख १३२१ नंका चालक रोशन विश्वकर्मा, ना५ख ७३६९ नं बसका चालक शिवजी गिरी, बा४ख ९०६० नंका चालक रितेश नेपाल रहेका छन् । ना८ख ७२९८ नंका चालक भने फरार रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

वृत्तका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापाले दशैँको समयमा मापसेबाट हुने दुर्घटनामा कमी ल्याउन हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सवारी साधनलाई मापसे जाँच गर्ने गरेको बताउनुभयो । “दशैँ लागेसँगै हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुबाहक सवारी साधनका चालकलाई जाँच गरेका छौँ, बुधबार मात्र चार चालकलाई मापसे सेवन गरेको भेट्टायौँ”, उहाँले भन्नुभयो । पक्राउ पर्नेलाई कानूनबमोजिम कारवाही गरिने

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  १० : २६ बजे