१६ असोज ०७६ललितपुर। बाराको फेटा गाउँपालिकामा मदिरा भट्टीको खाल्डोमा डुबेर एकै परिवारका ५ को मृत्यु भएको छ । वडा नम्बर ४, बतरास्थित जोगा मुखिया बिनको मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा उनका भाइ बुहारीसहित परिवारका ५ जना डुबेका थिए ।
मृत्यु हुनेहरुखाल्डोमा डुबेर मदिरा भट्टी संचालक ४० बिनसहित, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, भाइ ३५ वर्षीय महेन्द्र मुखिया, भाइबुहारी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको हो । भारतीय नागरिक लालमुनी देवीको मृत्यु भएको छ ।
उनीहरुको बुधबार बेलुकी ८ बजे भट्टीको खाल्डोमा डुबेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनालले जानकारी दिएको छ ।
प्रतिक्रिया