१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज दशैकाे छैठाै दिन : माता कात्यानीको पूजापाठ गरिदै


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

१७असोज ०७६,ललितपुर। आज हिन्दुहरुको महान चार्ड बिजयादसैंकाे  नवरात्रीको छैटौं दिन। आजकाे दिन अष्टमातृका भगवतीको छैटौं शक्तिका रुपमा कात्यानीको पूजापाठ गरी मनाइँन्छ।

धर्मशास्त्रअनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिकी छोरीको रुपमा भगवतीले जन्म लिएको हुदा उनको नाम कात्यायिनी राखिएकाे हाे। आजको दिन देवीको पूजा गरे रोग, शोक, भय, दुट्ठख, दरिद्र जस्ता संकटको नाश हुने  परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ।

नवरात्रको छैटौं दिन आज कात्यायिनी भगवतीको पूजाका लागि देशभरका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको घुइँचो हुन्छ।    त्यसैगरी उपत्यकाका गुहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्‍वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा भक्तजनको भिड लागेको छ।

धार्मीक मान्यता अनुसार  कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शाष्त्रिय मान्यता रहेकाे छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : ०२ बजे