८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गुलाब ब्राण्डको मिठाइमा हानिकारक रङ्ग मिसाएको पुष्टि


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

१७ असोज ०७६,ललितपुर ।काठमाण्डौंको सुन्धारामा रहेको गुलाव ब्राण्डको मिठाई उद्योगले स्वस्थ्य मापदण्डभन्दा धेरै हानिकारक रङ्ग मिसाएर मिठाई उत्पादन गरेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको मिठाईको स्वस्थता परिक्षणमा रङ्गको मात्रा अत्यधिक पाईएको विभागकी महानिर्देशक डा.मनिता जोशी वैद्यले जानकारी दिनुभयो ।

उहाँले शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालिद्वारा उत्पादन हुने गुलाव ब्राण्डको मिक्स मिठाईमा २ सय पीपी एम रङ्गको मात्रा हुनु पर्नेमा ३ सय १० पीपी.एम पाइएको बताउनुभयो । त्यसैगरी गत भदौ १५ गते कृषि तथा पशुपन्छी विकास राज्य मन्त्रीसहित विभागको टोलीले गरेको अनुगमनमा मिठाई भण्डारबाट नमूना संकलन गरेको थियो । उक्त नमूना संकलनको पूर्ण ल्याब परिक्षणबाट देखिएको नतिजाको आधारमा मिठाई पसललाई खाद्य ऐन २०२३ बमोजिम दूषित खाद्य पदार्थ अन्तर्गत कारवाही अगाडि बढाईने महानिर्देशक वैद्यले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ७ : ३९ बजे