१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकाबाट दशै मनाउन १६लाख यात्रु बाहिरिए


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

१७ असोज ०७६ काठमाण्डौं । दशैंका मनाउन काठमाडौं उपत्यकाबाट १६ लाख भन्दा धेरै यात्रु बाहिरिएका छन । पछिल्लो २४ घन्टामा मात्रै २ लाख ४२ हजार भन्दा धेरैले उपत्यका छोडेका छन । २४ घण्टाको अवधीमा विभिन्न नाका हुँदै ६१ हजार ९ सय १९ गाडीमा दुई लाख ४२ हजार ८ सय १२ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरीएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैगरी भोली फूलपातीका दिन झन् धेरै यात्रु बाहिरीन सक्ने महाशाखाको भनाई अनुसार काठमाडौै उपत्यका भित्रिने यात्रुको संख्या कम रहने छ। वितेको २४ घन्टामा १९ हजार ७ सय ५८ जना यात्रु मात्रै काठमाडौं उपत्यका भित्रिएको महाशाखाले जानकारी दिएको छ।
त्यस्तै पछिल्लोे २४ घन्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३ सय ४४ जना चालक कारवाहीमा परेका छन्।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : ५४ बजे