१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कृष्णबहादुर महराविरूद्ध रोशनी शाहीले गराइन प्रहरीमा उजुरी दर्ता


१८ आश्विन २०७६, शनिबार  

0
Shares

१८ असोज ०७६,ललितपुर।बलात्कारको प्रयास गरेको आरोपमा रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिला रोशनी शाहीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

जाहेरी परेसँगै घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । उहाँले भोलि अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत रहेको जानकारी दिनुभयो ।

यसैगरी सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परीक्षण गरिएको छ । संघीय संसद सचिवालयमा नर्सको पदमा कार्यरत रोशनी शाहीको यौन दव्र्यहार गरेको भनिएको ६ दिन पछि प्रहरीको निगरानीमा स्वास्थ्य परीक्षण गरिएको हो । गत असोज १३ गते ती रोशनीले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक दिएकी थिइन् ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।