१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खाल्डोमा डुबेर एकको मृत्यु


१८ आश्विन २०७६, शनिबार  

0
Shares

१८ असोज ०७६, ललितपुर। चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–१ सिमलघारीमा खनाल पोल्ट्रीफार्मले सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका काम गर्नेकर्मचारीको मृत्यु भएको हो ।

आज दिउँसो सुली सफा गर्न जाने क्रममा सोही सुलीमा डुबेर भरतपुर–११ का सूर्यबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । कुखुराको सुलीलाई व्यवस्थापन गर्न ठूलो खाल्डो खनिएको थियो । कार्कीको शव निकालेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १० : ३८ बजे