१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जर्मनका नोबोर्ट भक्तपुरको सम्पदा देखेर मोहित


१९ आश्विन २०७६, आइतबार  

0
Shares


१८ असोज ०७६, भक्तपुर । नेपालको भ्रमणमा रहेका जर्मनको आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय एशिया विभाग प्रमुख नोबोर्ट बाथ्र्ले भक्तपुरको सम्पदा देखेर मोहित भएको बताएका छन् । उनले नेपालका सम्पदाहरुको पुनःनिर्माणबाट आफूहरु निकै प्रभावित भएको र यहाँका सम्पदाहरु अद्वितीय रहेको बताए ।
नेपालको भ्रमणमा रहेका जर्मनको आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय एशिया विभाग प्रमुख नोबोर्ट बाथ्र्लेको नेतृत्वको टोलीले आज भक्तपुरको दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरेपछि यस्तो प्रतिकृया दिएका हुन् ।


प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाइदिएर भक्तपुरको दरबार स्क्वायरमा स्वागत गरे । जर्मन टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको सम्पदाहरु कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेको छ ।
नेपालको भ्रमणमा आएका जर्मनका आर्थिक सहायता तथा विकास सम्बन्धी संघीय मन्त्रालय एसिया विभाग प्रमुख नोबोर्ट बाथ्र्लेको नेतृत्वमा आएको टोली शनिबार भक्तपुरको भ्रमण गर्ने क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति दरबार स्क्वायरको गोल्डेन गेटमा सामूहिक तस्वीर लिएका थिए ।
प्रमुख प्रजापतिले भक्तपुरको विकासमा जर्मन सरकारले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपाल सरकार र जर्मन सरकारबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे । भक्तपुरले सांस्कृतिक पहिचानलाई जोगाउन प्रयास गरिरहेको, भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसँग शुल्क उठाएर शिक्षा, स्वास्थ्यका साथै सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा खर्च गरिरहेको उहाँले बताए ।

प्रमुख नोबोर्ट बाथ्र्लेले भूकम्प गएपछि भक्तपुरको संरचना पुनःनिर्माणको लागि तत्काल आफूहरुले सहयोगको घोषणा गरेको बताउँदै दुई देशबीचको आपसी सम्बन्ध अझ राम्रो हुँदै जानेमा विश्वास व्यक्त गरे । भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा पुनःनिर्माणबाट आफूहरु निकै प्रभावित भएको र यहाँका सम्पदाहरु अद्वितीय रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  १२ : १४ बजे