८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टी–२० क्रिकेट खेलमा नेपालको दोस्रो जित हासिल


२० आश्विन २०७६, सोमबार  

0
Shares

२० असोज ०७६, ललितपुर । पाँच राष्ट्र सम्मिलित टी–२० क्रिकेट शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ ।

ओमनमा आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १३३ बनाएको थियो । जवाफी ब्याटिङ् गरेको नेपालले ६ विकेटको क्षतिमा १९ दशमलव ५ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपाली खेलाडी करण केसीले नेपालका लागि १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए । आजको खेलमा करणले महत्पूर्ण चार विकेट पनि लिएका छन् । यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन र बिनोद भण्डारीले २६ रन बनाएका छन् । करन केसी र लामिछानेले व्यक्तिगत ४÷४ विकेट लिएपछि नेदरल्याण्ड्सको टोली १३३ रनमै सिमित हुनु पुगेको हो ।

यसअघि हिजो भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ५ : ५३ बजे