११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बडादशैं भव्यताका साथ मनाइदै


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

दशैंको टिका जमरा । तस्विर ः प्रेम मोक्तान

२१ असोज ०७६, ललितपुर । आज (मंगलबार) दसैंको मुख्य दिन अर्थात् बडादशैंको टिका । ठूला बडाको हातबाट टीका तथा जमरा ग्रहण गरी दशैं देशभर मनाइदैछ ।
दशैं नेपाल बाहेक भारत, भुटान,बंगलादेश,श्रीलंका,म्यानमार थाइल्याण्डलगायत दक्षिण र पुर्वी एशियामा पनि धुमधामका साथ मनाइन्छ । वेलायत अमेरिका अष्ट्रेलियालगायत विभिन्न देशमा नेपालीहरुको बसोबास शुभएसँगै दशैंको दायरा फराकिलो भएको छ ।
आज टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले एक सूचना प्रकाशित गरेर जानकारी दिएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार टीकाको उत्तम साइत बिहान १०ः३५ बजे रहे पनि टीका लगाउदा हुन्छ ।
ब्राम्हणा क्षेत्रीले रातो टिका लगाउने प्रचलन भए पनि राई लिम्बुलगायत गैरव्राम्हणले सेतो टिका लगाउने चलन छ । दशैंको टिका कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ । घटस्थापनाको दिन राखिएको पहेलो जमरा टिका सँगै लगाइन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : १८ बजे