१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारी दुर्घटनामा एक जना मृत्यु र एक घाइते


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

२१ असोज ०७६, ललितपुर । काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने  एक जना घाइते भएका छन् ।

यसैगरी मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल रहेका छन् । मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो । घाइते भुजेललाई उपचारका लागि तत्काल उद्धार गरी सल्लाघारीस्थित डा इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १० : २४ बजे