१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पश्चिम नवलपरासीमा करेन्ट लागेर एकको मृत्यु


२१ आश्विन २०७६, मंगलबार  

0
Shares

२१ असोज ०७६, ललितपुर । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १२ : २५ बजे