८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


राशिफल ( २०७६, असाेज २२ गते )


२२ आश्विन २०७६, बुधबार  

0
Shares

आश्विन २२, २०७६ – 9 October, 2019, बुधवार
एकादशी – पापांकुशा एकादशी व्रत/ अन्नपूर्णा यात्रा (असँचालँ)/ विश्व हुलाक दिवस

आश्विन महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथीलाई पापाङ्कुशा एकादशी भनिन्छ । यस तिथीलाई नेपाल र भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गरेर एक पर्वको रुपमा मनाउने गर्दछन् ।

मेष– चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । वृष– माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ, आजको कुनै निर्णय खराब हुनसक्छ निर्णय गर्दा अलि विचार गर्नुपर्ला ।
मिथुन– नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् ।
कर्कट– धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला ।
सिंह– घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ ।
कन्या– हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ ।
तुला– पति–पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ ।
वृश्चिक– नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ ।
धनु– बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् ।
मकर– आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ ।
कुम्भ– हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला ।
मीन– शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : २३ बजे