८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आयरल्यान्डविरुद्ध टी-ट्वेन्टी क्रिकेट शृंखला खेलमा नेपाल सफलताको नजिक


२२ आश्विन २०७६, बुधबार  

0
Shares

२२ असोज २०७६, ललितपुर । ओमानमा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपाल र आयरल्यान्डबीचको खेल अहिले भइरहेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १४ ओभरमा तीन विकेट गुमाएर १०८ रन जोडेको छ। सन्दीप लामिछानेले आक्रामक ब्याट्सम्यान केभिन ओब्रायनलाई आउट गरे। ‌त्यस्तै ललित राजबंसीले अर्को विकेट लिए ।

प्रतियोगितामा नेपालको ब्याटिङ लय बाहिर देखिएको छ। अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा तल्लोक्रमका करन केसी एक्लैले त्यति रन जोडेर नेपाललाई रोमान्चक जित दिलाएका थिए।

ब्याटिङतर्फ पारस खड्का, विनोद भन्डारी र आरिफ शेखको प्रदर्शन सन्तोषजनक छ। पवन सर्राफ, रोहित पौडेल र दीपेन्द्रसिंह एैरी लय बाहिर छन्। बलरद्वय सन्दीप लामिछाने र करन केसी राम्रो लयमा छन्।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  १ : ०९ बजे