२२ असोज २०७६,भोजपुर । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
हतुवागढी गाउँपालिका–५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो ।
दुर्घटनामा आठ वर्षीया छोरी गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिनुभयो ।
घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल झरेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मिलनकै चार वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन् । घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया