१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


९८ हजार नगदसहित तीन जुवाडे पक्राउ


२३ आश्विन २०७६, बिहिबार  

0
Shares

२३ असाेज २०७६, बाँके । नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।