१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भोजमा अचार खाँदा ३१ जना बिरामी


२३ आश्विन २०७६, बिहिबार  

0
Shares

२३ असाेज २०७६,सुर्खेत।  वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् ।स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा लामिछानेको परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी  भएका छन् ।

स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताउनुभयो । बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ ।

त्यसैगरी बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । माया नर्सिङ होमका डा कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताउनुभयो । “अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ,” उहाँले भन्नुभयो, “फुड प्वाइजन को अवधि ७२ घण्टासम्म रहने हुँदा चिन्ता गर्नुपर्ने अवस्था हुँदैन ।”

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  ९ : ३१ बजे