८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जुवाको खालबाट विवेकशील साझाका सुनसरी संयोजकसहित ६ जना पक्राउ


२३ आश्विन २०७६, बिहिबार  

0
Shares

२३ असोज २०७६, इटहरी । इटहरीमा रहेको सिटी गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा विवेकशील साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन्।

उनीहरूको साथबाट नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ।

सिटि गेष्ट हाउसभित्र तास खेल्दै गर्दा पक्राउ पर्नेमा इटहरी–९ घर घएका संयोजक गिरीसहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ।

उनीहरुको साथबाट नगद तीन लाख ६५ हजार ३६० समेत बरामद गरेको छ। इटहरीको त्यस क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेकोसमेत प्रहरीले बताएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।