११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ राष्ट्रपतिको रिपोर्टिङ्ग गर्ने पत्रकारले सुट लगाउनु पर्ने


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
। चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङ्गको नेपाल भ्रमणको क्रममा समाचार संकलन गर्ने पत्रकारले सुट र टाई लगाउनु पर्ने ड्रेस कोट सरकारले सार्वजनिक गरेको छ । सरकारी कर्मचारीले भने राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाउनु पर्नेछ । महिलाहरुको हकमा सारी र चोलो वा कुर्था सलवार लगाउदा पनि हुन्छ ।


राष्ट्रपति पिङ्ग शनिबार दुई दिने नेपाल भ्रमणको क्रममा दिउँसो ३ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा उत्रनेछन् । उनको बस्ने व्यवस्था सोल्टी होटलको स्वीफ्टमा गरिएको छ । त्यसपछि उनी ४ बजेर ३० मिनेट जाँदा राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । भने ४ः५० बजे सोल्टी फर्कनेछन् त्याहा उच्चस्तरिय भेटघाट हुनेछ ।
आइतबार राष्ट्रपति पिङ्ग विहान ८ बजेर ३० मिनेटमा सोल्टीमा दुई पक्षबीच हस्ताक्षर हुदैछ । राष्ट्रपति विहान ११ बजे स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ४३ बजे