७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लागुऔषधसहित तीन युवक पक्राउ


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

२४ असोज २०७६,लहान । लहानप्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा तीन जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० चक्की बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।