२४ असोज २०७६भक्तपुर । भक्तपुरमा गोरु काटेर खाएको अभियोगमा चार जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई प्रमाणसहित हिजो राति प्रकाउ गरेको हो ।पक्राउ परेकाहरुका बारेमा प्रहरी अनुसन्धान भैरहेको छ ।
दोषीलाई कानुनअनुसार कारवाही गर्ने डिएसपी शान्तीराज कोइरालाले जानकारी दिए । उनीहरुलाई प्रहरीले हिजो राति मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङका बसन्त लिम्बु, पाँचथर फिदिमका जगतकुमार थापामगर, मिक्लाजुङका नरेश लिम्बु र पाँचथरकै सागर लिम्बु छन् ।
प्रतिक्रिया