८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ब्राउन सुगरसहित एक युवती पक्राउ


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

४ असोज २०७६,धनगढी । प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई आज पक्राउ गरेको छ ।

त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्दा चौधरीले शरीरमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ०८ बजे