३१ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ


२६ आश्विन २०७६, आइतबार  

0
Shares

२६ असोज २०७६,काठमाडौँ ।  नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिनुभयो । “ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ परेकासँग रु १८ लाख ९२ हजार नगद र तास बरामद गरेको छ । पक्राउ परेकासँग थप आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।