४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मिनीट्रक दुर्घटनामा १७ जना घाइते


२६ आश्विन २०७६, आइतबार  

0
Shares

२६ असाेज ०७६,गाईघाट । कटारी नगरपालिकाको भोर्लेनीमा आज  मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

कटारी–१० का २० वर्षीया वीना विक र सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३० वर्षीया कल्पना विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभएको छ । उनीहहरुको उपचारका लागि तत्काल विराटनगर पठाएको इलाका प्रहरी कटारीले बताएको छ ।

अन्य घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचार पछि अहिले विराटनगर तथा सुनसरीको धरान उपचारको लागि रिफर भइरहेको पनि प्रहरीले बताएको छ । सवारी साधनका चालक फरार रहेको कारण उनको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ०६ बजे