१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नवलपरासीकाे नेपाली नहरमा मृत व्यक्ति फेला


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

२८ असाेज २०७६, नवलपरासी ।  पश्चिम को प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । करीब ३०÷३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन । नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने देखिएकाले प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान थालेको जनाएको छ । घटनाको अनुसन्धानका लागि तालीम प्राप्त कुकुर मगाइएको प्रवक्ता थापाले बताए।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  २ : १५ बजे