८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला भलिबल टोलीको बिदाइ


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

२८ असाेज २०७६, काठमाडाैं । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद ( साग ) को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ । अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि बुधबार दिन त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले बताएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य सचिव रमेशकुमार सिलवाल, आयोजक सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द लगायतले बिदाइ गर्नुभयो । कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले राखेपले भलिबल खेललाई महत्व दिँदै आएको भन्दै घरेलु मैदानमा नै आयोजना हुने १३औँ सागमा नेपालले पदक ल्याउने गरी तयारी गर्न भलिबल टोलीलाई अनुरोध गर्नुभयो ।

उहाँले सागपछि नेपालमै भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी राखेपले गरेको जानकारी दिनुभयो । त्यस्तै, भलिबल सङ्घका महासचिव चन्दले सागमा पदक भित्र्याउनका लागि पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक भएको बताउनुभयो । साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म ह्दैछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  २ : ३९ बजे