१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चार किलोग्राम चरेससहित दुई युवा पक्राउ


२९ आश्विन २०७६, बुधबार  

0
Shares

२९ असाेज २०७६, काठमाडाैं ।  नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका दुवैलाई लागुऔषध ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने वृत्तले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ९ : ४० बजे