१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु


२९ आश्विन २०७६, बुधबार  

0
Shares

२९ असोज २०७६,कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा आज दिउँसो बोहरालाई ज¬ङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिनु भयो।

“घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै मृत्यु भएको देखिन्छ” प्रहरी सहायक निरीक्षक पन्तले बताएका छन्।
त्यसैगरी केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ५४ बजे