७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विवाहमा भालु र सर्प दाइजो, सम्पति भालु


३ कार्तिक २०७६, आइतबार  

0
Shares

०३ कार्तिक २०७६,सिरहा । तराईमा दाइजोको बिगबिगी छ । तराईमा विवाहमा नगदसँगै सवारी साधन माग्ने गरिन्छ । तर तराईमै बसोबास गर्ने मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने चलन छ ।

नट समुदायमा अधिकांशको जग्गाजमिन हुदैन । भालु र सर्प नचाएर र सर्प देखााएर पारीवारिक गुजारा चलाउँदै आएका छन् । नट समुदायले नचाउने गरेको कालो भालु वन्यजन्तु हो ।

पछिल्लो समय जंगलमा समेत कालो भालु पाइन छोडेको छ । यदि जंगलमा भालु पाइहाले पनि त्यसलाई समातेर ल्याउन पाइँदैन । त्यो कानुन विपरीत हुन्छ । भालु जंगलमा समात्न नपाइने भएपछि नट समुदायले आ–आफ्नै ढंगले त्यसलाई हुर्काउने गरेका छन् ।

त्यसैगरी नट समुदायमा दाइजोमा प्रयोग हुने भालुको महत्व बढ्दै गएको छ । विवाहमा भालुलाई अमूल्यवान दाइजो मानिन थालेको छ । नट समुदाय शहरका चोक र विभिन्न ठाउँमा मानिस भेला पारी विभिन्न किसिमका सर्प देखाउँदै र भालु नचाउँदै हिड्छन् । उनीहरुले केही घण्टामै हजार पन्ध्र सय रुपैयाँ कमाउँछन् ।

भालु नचाउन भन्दा त्यसलाई पाल्न गाह्रो छ । एउटै भालुले दिनमै ४ लिटर दुध, १ किलो पिठो र १ किलो चामलको भात खान्छ । भालुको खाना खर्च कटाएर महिनामा १५ हजार रुपैयाँ कमाई हुने गरेको नट समुदाय बताउँछन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।