६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पश्चिमी वायुको प्रभावले मौसममा बदली


३ कार्तिक २०७६, आइतबार  

0
Shares

०३ कार्तिक २०७६, काठमाडाैं । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । घाम नलाग्दा अधिकतम् तापक्रममा गिरावट आई चिसो बढ्नेछ ।

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम् तापक्रम घट्ने क्रममा रहेको उहाँले जानकारी गराउनुभयो । अरब सागरबाट नेपाल बहने पश्चिमी जलवायुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : १८ बजे