१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ऋणको आश देखाएर युवती बलत्कारको आरोपी पक्राउ


४ कार्तिक २०७६, सोमबार  

0
Shares

 

०४ कार्तिक २०७६, मोरङ । नेपाल बङ्गलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको आश देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा आएकी युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

प्रबन्धक बास्तोलाले युवतीलाई चैत २२ गते रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मेरिना होटेल र चैत २६ गते इटहरीमा रहेको बुद्ध गेस्ट हाउजसमा लगेर बलात्कार गरेको रहस्य खुलेको छ । ऋणको प्रक्रिया मिलाउने वाहनामा गेस्ट हाउसमा लगेर बलात्कार गरेको भन्दै युवतीले त्यतिबेला नै प्रहरीमा बास्तोलाविरुद्ध उजुरी दिएकी थिइन । तर त्यस;समयमा प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गर्यो ।

घटनाको २ महिनापछि महानिर्देशक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा प्रहरीले जाहेरी लिएको थियाे। जाहेरी दिएपछि प्रहरीले बास्तोलालाई २०७६ जेठ २५ गते पक्राउ गर्यो । प्रहरीको अनुसन्धानपछि बास्तोला साउन १३ गते जेल चलान भए ।

बास्तोलाविरुद्ध अहिले मुद्धा चलिरहेको छ । मुद्द्धा चलिरहेको बेला बलात्कार पैसामा मिलाउने प्रयास भइरहेको छ । घटनामा संलग्न व्यक्रि थुनामा भए पनि उनको परिवारका सदस्य तथा साथीभाइले बलात्कार घटना अस्वीकार गर्न दबाब दिँदै ४० लाख ५० हजार रुपैयाँमा मिलाएर मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिँदै आएका छन् ।

बलात्कार पैसामा मिलाउन दबाब आएपछि यसवती अहिले तनावमा छिन् । मुद्दाका् आइतबार बकपत्र थियो । पीडति युवती जिल्ला न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको इजलासमा बकपत्र शुरु हुना साथ युवती इजलासमै बेहोस भएर ढलिन । उनलाई तत्कालै अस्पताल लगियो । चिकित्सकले युवती तनावको कारण बेहोस भएको जानकारी गराए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ९ : ०३ बजे